नियम
हुलाक बचत बैङ्क

हुलाक बचत बैङ्कको काम गर्न ऐनको दफा ४२क. बमोजिम नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी हुलाक अड्डालाई तोक्न सक्नेछ ।

३क. हुलाक बचत बैङ्क सल्लाहकार समिति (१) हुला ःक बचत बैङ्कलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्ने काममा हुलाक सेवा विभागलाई सहयोग र सल्लाह दिन एक हुलाक बचत बैङ्क सल्लाहकार समिति रहनेछ ।
(२) समितिमा देहायका अध्यक्ष र सदस्यहरू रहनेछन्ः–
(क) सचिव, सूचना तथा सञ्चार मन्त्रालय वा
निजले तोकेको अधिकृत – अध्यक्ष
(ख) महानिर्देशक, हुलाक सेवा विभाग – सदस्य
(ग) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, नेपाल राष्ट्र बैङ्क – सदस्य
(ङ) कार्यालय प्रमुख, धनादेश कार्यालय – सदस्य–सचिव

३ख. समितिको कामः समितिको काम देहाय बमोजिम हुनेछ –
(क) बैङ्क सञ्चालन गर्नको लागी हुलाक सेवा विभागलाई आवश्यक सल्लाह दिने,
(ख) बैङ्कको काम कारवाहीको अध्ययन र समीक्षा गरी हुलाक सेवा कार्यालयलाई सुझाव दिने, र
(ग) यस नियममा उल्लेख भए बमोजिमका अन्य काम गर्ने ।

३ग. समितिको बैठकः (१) समितिको बैठक कम्तीमा वर्षको दुई पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोेकेको मिति, समय र स्थानमा बस्नेछ ।

(३) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ ।
(४) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।